होलीको अवसरमा सामसङले ल्यायो भारी छुट

4.3k Shares

फेब्रुअरी १ देखि मार्च १४, २०२६ सम्म देशभर लागू हुने यस अफरले नयाँ उपकरण किन्न चाहने ग्राहकलाई ठूलो राहत दिने देखिएको छ। अफरअन्तर्गत ७ देखि १२ केजीसम्मका ए-आइ इकोबबल वाशर ड्रायर, फ्रन्ट-लोड र सेमी-अटोमेटिक टप-लोड वाशिङ मेसिनहरूमा ग्राहकले अधिकतम २३ प्रतिशतसम्म क्यासब्याक पाउनेछन्।

त्यसैगरी रेफ्रिजरेटरतर्फ पनि कम्पनीले लोभलाग्दो छुटको व्यवस्था गरेको छ। सिंगल डोर, डबल डोर र साइड-बाई-साइड रेफ्रिजरेटरको खरिदमा १७ प्रतिशतसम्म क्यासब्याक उपलब्ध गराइएको छ। सामसङका वाशिङ मेसिनमा डीआइटी मोटरमा २० वर्षको वारेन्टी र भोल्टेज फ्लक्टुएसनबाट हुने जोखिम कम गर्न ४०० भोल्टेजसम्मको सुरक्षा कवच रहेको छ। फ्रिजमा पनि ३०० भोल्टेजसम्मको सुरक्षा प्रणाली जडान गरिएको छ जसले गर्दा उपकरणको टिकाउपनमा ढुक्क हुन सकिन्छ। यी सबै मोडेलहरूमा कम्पनीले निःशुल्क जडान (इन्स्टलेसन) को सुविधा समेत दिने बताएको छ।

बजेटको अभाव भएका ग्राहकहरूका लागि सामसङले हुलास फिनसर्भसँगको सहकार्यमा 'इन्स्टाफाइनान्स' सेवा पनि उपलब्ध गराएको छ। जसअन्तर्गत ग्राहकले शून्य प्रतिशत ब्याजदरमा सजिलो ईएमआई (EMI) मार्फत आफूलाई मनपर्ने सामान घर लैजान सक्नेछन्।

सम्बन्धित समाचार