सिरहामा गोली लागेर एक जनाको ज्यान गयो

5.3k Shares

काठमाण्डाै – सिरहामा गोली लागेर एक जनाको ज्यान गएको छ । नचिनेको मानिसको समूहले गोली चलाउँदा लाहानका ४० वर्षीय प्रेमनाथ यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

सिरहा नगरपालिका–७ मैनावती खोला छेउमा आज दिउँसो यादवमाथि गोली लागेको हो । अहिले प्रहरी घटनास्थलमै रहेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार