ललितपुर । ललितपुर क्षेत्र नं. ३ मा कांग्रेसीहरु गत २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसलाई उम्मेदवारै नबनाएर माओवादीलाई समर्थन गरेका कारण रिसले राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीलाई मत दिई विजयी गराएका थिए ।
सोही कारण गत २०७९ को प्रतिनिधि सभामा ललितपुर ३ मा भारी मतान्तरले विजयी भएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की यसपटक भने नराम्ररी पछारिने सो क्षेत्रका जनताहरुले बताएका छन् । निर्वाचित भएदेखि अहिलेसम्म नाकमुखसमेत नदेखाएको भनेर उनीप्रति सो क्षेत्रका जनताहरु आक्रोसित बनेका छन् र
त्यतिबेला तोसिमाले ३१ हजार १३६ मत ल्याउँदा उनको निकटतम प्रतिस्पर्धी एमालेका अमृत खड्का १२ हजार ९६३ मतमा सीमित भएका थिए । त्यतिबेला नेपाली कांग्रेसले उम्मेदवारी नै नदिएर माओवादी केन्द्रकी उपम्मेदवार पम्फा भुषाललाई समर्थन गरेको थियो ।
तर, यतिबेला नेपाली कांग्रेसले आफ्नै उम्मेदवार दिएका कारण र कांग्रेसी समर्थक जनताहरुले कांग्रेसलाई मतदान गरेको खण्डमा तोसिमा कार्कीलाई गाह्रो पर्ने कांग्रेसीहरुले बताउने गरेका छन् ।
यसपालिको चुनावमा पनि ललितपुर ३ मा २० जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली कांग्रेसबाट जितेन्द्रकुमार श्रेष्ठ, एमालेबाट सन्दन थापामगर, नेपाली कम्युनिस्ट पार्टीबाट राजकाजी महर्जन, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सविनकुमार खड्का, जनता समाजवादी पार्टीबाट नेपाल कृष्णदेवी महर्जन र नेपाल मजदुर किसान पार्टीबाट रमिला महर्जन लगायत उम्मेदवार छन् ।
२०७८ सालमा तोसिमा कार्कीले अधिकांश कांग्रेसीकै भोटका कारण जित्न सफल बने पनि यतिबेला कांग्रेसका उम्मेदवार भएकै कारण पनि तोसिमाले जित्ने सम्भावना कम भएको र यो पटक कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठ, नेकपाबाट राजकाजी महर्जन ‘हेब्भी’ वेट र स्थानीय उम्मेदवार भएका कारण पनि तोसिमालाई चुनाव जित्न फलामको च्यूरा चपाउनु सरह भएको चोक—चोकमा चर्चा चल्ने गरेको छ ।
संस्कृतिको धनीको रुपमा परिचित ललितपुर क्षेत्र नं. ३ मा तोसिमा कार्कीले स्थानीयको सांस्कृतिक कार्यमा सहभागी नभएको र स्थानीयको सुख दुःखको बेलामा पनि उपस्थित नभएको गुनासो स्थानीयहरुले गर्ने गरेका छन् ।
नेपाली कांग्रेसले यो पटक पार्टी सभापति जितेन्द्रकुमार श्रेष्ठलाई टिकट दिएको छ । नेपाली कांग्रेसको माहोल राम्रो भएको ललितपुर क्षेत्र नं. ३ मा कांग्रेसले बाजी मार्नेमा ढुक्क छन् ललितपुर जिल्ला पार्टी सभापतिसमेत रहेका श्रेष्ठ ।