लगातार तीन दिन बढेकाे शेयर बजार आज घट्याे, काराेबार रकम भने बढ्याे

5.8k Shares

काठमाण्डाै – लगातार तीन दिन बढेको शेयर बजार आज घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव ६६ अङ्कले घटेर २ हजार ६ सय १५ दशमलव ०३ विन्दुमा झरेको छ ।

आज होटल तथा पर्यटन, निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा फाइनान्स समूहको शेयर १ दशमलव ५३ प्रतिशतले ओरालो लागेको छ ।

आज बाराही हाइड्रोपावर कम्पनीको शेयर सबैभन्दा धेरै ४ दशमलव ७६ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन स्वस्तिक लघुवित्त, एसवाई प्यानल नेपाल कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो ४ अर्ब ५ करोडको कारोबार भएकोमा आज ३ सय २९ वटा कम्पनीका १ करोड १२ लाख कित्ता शेयर ४ अर्ब ५७ करोड रुपैयाँमा किनबेच भएको छ ।

सम्बन्धित समाचार