बेलायत पठाइदिने भन्दै ५२ लाख ठगी गर्ने एक जना पक्राउ

5.1k Shares

काठमाण्डाै – आकर्षक तलबको प्रलोभनमा पारि वैदेशिक रोजगारीमा बेलायत पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–१५ घर भइ अहिले काठमाण्डौ महानगरपालिका–१२ बस्ने ५० वर्षीय लालबहादुर बराइली रहेका छन् ।

लालबहादुरले बेलायत पठाइदिने भन्दै एक जनाबाट ५२ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यले बताउनुभयो ।

रोजगारीका लागि विदेश पठाउने नाममा ठगी गर्ने क्रम बढेकाले त्यसतर्फ सचेत रहन प्रहरीले सबैमा आग्रह गरेको छ ।

सम्बन्धित समाचार