काठमाडौँ – हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार : फायर एण्ड एस’ शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ। फिल्म ‘अवतार : फायर एण्ड एस’ जेम्स क्यामरुनले निर्देशन गरेका हुन् ।
‘अवतार’ श्रृङ्खलाका अघिल्ला दुई भागहरू सर्वकालीन कमाउने विश्व फिल्मको शीर्ष पाँच सूचीमा क्रमशः पहिलो र तेस्रो स्थानमा रहेका थिए। नेपालमा दर्शकहरूको उत्साह हेर्दा फिल्मको लोकप्रियता स्पष्ट देखिन्छ। नेपालमा यो फिल्मको एडभान्स बुकिङ ११ दिनअघि सुरु भइसकेको छ।
सिनेपा : बक्सअफिसका अनुसार मंगलबार ८ हजार ३४६ वटा टिकट बिक्री भइसकेका छन्। टिकट बिक्रीबाट फिल्मले ३६ लाख ४० हजार ४८० रुपैयाँ नेरु ग्रस कमाएको छ। बिहीबार बेलुकासम्म एडभान्स बिक्री ४५ देखि ५० लाख रुपैयाँ पार गर्न सक्ने देखिन्छ।
नेपालमा यो हलिउड फिल्मले भारतीय वा नेपाली फिल्मपछि तेस्रो ठूलो वित्तीय आकार ओगट्ने सम्भावना देखिन्छ । फिल्मको कथा, भिजुअल प्रभाव र विश्वव्यापी लोकप्रियता हेर्दा नेपाली बक्सअफिसमा पनि उत्कृष्ट प्रदर्शन हुने सम्भावना छ।