15k
Shares
ललितपुर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावका लागि प्रत्यक्षतर्फ ललितपुर क्षेत्र नम्बर ३ बाट मदनबहादुर अमात्य, धन खतिवडा, जितेन्द्रकुमार श्रेष्ठ र महेश्वर थापाको नाम सिफारिस गरेको छ ।
ललितपुर क्षेत्र नं ३ मा प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभाका लागि नाम सिफारिस गरिएको क्षेत्रिय सभापति महेश्वर थापाले बताएका छन् । ललितपुर क्षेत्र नं. ३ मा नेपाली कांग्रेसबाट मदनबहादुर अमात्यको माहेल राम्रो देखिएको र हाम्रो क्षेत्रका जनताको दुःख सुखमा साथ दिने र जनतामाझ बोलेको कुरा पु¥याउने नेताको रुपमा परिचित भएकै कारण अमात्यलाई पहिलो नम्बरमा सिफारिस गरिएको क्षेत्रीय समितिका सह—सचिव सुन्दरकृष्ण महर्जनले बताएका छन् ।