सभामुख घिमिरेद्वारा पूर्व-पश्चिम एसियन राजमार्गको निरीक्षण, भौतिक प्रगति २५ प्रतिशत मात्रै

5.4k Shares

काठमाडौं– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले निर्माणाधीन पूर्व–पश्चिम एसियन राजमार्गको स्थलगत निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा आयोजनाको समग्र निर्माण प्रगति अहिलेसम्म २५ प्रतिशत मात्रै पुगेको पाइएको छ । 

निरीक्षण टोलीले सडक निर्माणको अहिलेको अवस्थामा देखिएका समस्या, ढिलाइका कारण र समाधानका लागि आवश्यक कदमबारे निर्माण पक्षसँग विस्तृत छलफल गरेको छ । साथै समयमै काम सम्पन्न गर्ने योजना र अवरोध हटाउने उपायबारे सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिइएको छ।

नेपाल सरकारको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा झापाको काँकडभिट्टादेखि सुनसरीको लबीपुरसम्म ९५ किलोमिटर सडक एसियन राजमार्गको मापदण्डअनुसार स्तरोन्नति भइरहेको छ।

सम्बन्धित समाचार