स्वास्थ्मन्त्री र श्रीलङ्काका राजदूत डेल्पिटियाबीच भेटवार्ता, आपसी सहयोगबारे छलफल

6.7k Shares

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा शर्मा गौतम र नेपालका लागि लोकतान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका राजदूत उवान्ती डेल्पिटियाबीच  शिष्टाचार भेटवार्ता भएको छ ।  

भेटका क्रममा, श्रीलङ्कामा  भर्खरै, डिटवाश समुद्री आँधीको प्रभावले आएको विनाशकारी बाढीबाट  भएको क्षतिबारे महामहिम राजदूतले जानकारी गराएका थिइन् । साथै, राजदूतले नेपाल सरकारले हालसम्म गरेको सहयोगप्रति धन्यवाद दिँदै थप सहयोगको लागि पनि अनुरोध गरेकी छन् । 

यता स्वास्थ्यमन्त्री गौतमले श्रीलङ्कामा हालसालै सो प्रकोपबाट हुन गएको धनजनको क्षतिप्रति  श्रीलङ्का सरकार तथा जनताप्रति गहिरो दुःख र समवेदना व्यक्त गर्दै विपद्को यस अवस्थामा थप सहयोगका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

सम्बन्धित समाचार