चिसोबाट जोगिन यी उपायहरू अपनाऔँ

18.5k Shares

काठमाडौं । केही दिनयता बढ्दो चिसोसँगै शीतलहर र हिमपातले जनजीवन प्रभावित भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिसोबाट बच्न विभिन्न उपायहरू अपनाउन सुझाव दिएको छ ।

स्वास्थ्य मन्त्रालयको सुझाव पढ्नोस्–

१. शरीरको सबै भाग ढाक्ने गरी बाक्लो तथा न्यानो लुगा लगाऔँ ।

२. कोठा न्यानो पारौँ र पर्याप्त हावा ओहोरदोहोर हुने व्यवस्था गरौँ ।

३. बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला तथा दीर्घरोगीहरुलाई चिसोबाट बचाऔँ ।

४. आमाको दूध खाने शिशुहरूलाई नियमित रूपमा स्तनपान गराऔँ ।

५. तातो तथा पोसिलो झोलपदार्थहरू प्रशस्त मात्रामा सेवन गरौँ, धूमपान तथा मद्यपान नगरौँ ।

६. स्वास्थ्यसम्बन्धी कुनै समस्या जस्तै : ज्वरो आएमा, झाडापखाला लागेमा, दम बढेमा, खोकी लागेमा, प्यारघ्यार भएमा, श्वास फेर्न कठिनाइ भएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गरौँ ।

७. सुत्ने कोठामा आगो, हिटर, मकल, कोइला, ब्रिकेट आदि बाली झ्याल ढोका बन्द गरेर कहिल्यै नसुतौँ । त्यसो गरेमा श्वास फेर्न नसकी निसासिएर मृत्यु समेत हुनसक्छ ।

८. आगो बालेको ठाउँमा बालबालिकालाई एक्लै नछोडौँ ।

सम्बन्धित समाचार