काठमाडाैँ । 'सामाजिक सुरक्षाः सर्वव्यापी स्वस्थ्य सेवाको पहुँच, पेन्सनयोग्य समाज र उत्पादकत्व अभिवृद्धिसहित नागरिक जीवनको रक्षा’ भन्ने नाराका साथ आज आठौँ सामाजिक सुरक्षा दिवस मनाइएकाे छ । ‘असल श्रम सम्बन्धको आधार सामाजिक सुरक्षा र रोजगार’लाई मूलमन्त्र मानेर आठ वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको घोषणा गरिएको दिनको सम्झनामा आज दिवस मनाइएको हो ।
प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यमा आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज विशेष समारोह आयोजना गरिएकाे छ । आठौँ सामाजिक सुरक्षा दिवसको अवसरमा आयोजित सामाजिक सुरक्षा दिवस कार्यक्रमको प्रमुख अतिथिका रूपमा सम्माननीय प्रधानमन्त्री कार्कीले मन्तव्य दिनुभएको हाे ।