बलात्कार अभियोगमा बूढानीलकण्ठबाट एक जना पक्राउ

19.8k Shares

काठमाडौं । चौध वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजधानीको बूढानीलकण्ठ नगरपालिका-२ चपली डेरा गरी बस्ने रसुवा पाटीखर्क घर भएका २१ वर्षीय लाक्पा ग्यावा रहेका छन् । 

ती किशोरीलाई डेरातर्फ जाँदै गरेको अवस्थामा शनिबार राति लाक्पाले घरेलु मदिरा सेवन गराई आफ्नै डेरामा लगि जबरजस्ती करणी गरेको खुलेको प्रहरीको भनाइ छ ।  लाक्पालाई सोही नगरपालिका-४ पासिकोटबाट प्रहरीले पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार