6.7k
Shares
तौलिहवा(कपिलबस्तु)। जिल्लाको मायादेवी गाँउपालिका–१, पकडीस्थित घरबाट बेपत्ता भएकी बालिकाको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार बेपत्ता भएकी बालिकाको शव मायादेवी गाँउपालिका–१ र शुद्धोधन गाँउपालिका सिमानामा रहेको मर्थी खोलामा फेला परेको बताउनुभयो ।
मृतक अमितकुमार ओझाको दुई वर्षीया छोरी मान्सा ओझा रहेको प्रहरी नायब उपरीक्षक सिंहको भनाइ छ । मान्सा कात्तिक २२ गते बिहान १० बजे देखि हराएकी थिइन ।
बालिकाको शव घर देखि तीन किलो मिटर दक्षिण मर्थी खोलमा फेला परेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सिंहले बताउनुभयो ।