बाराको झिट्कैयाबाट भैरहेको छ तस्करी

7.9k Shares

कलैया । बारामा हालै तस्करीका घटना तीव्र रूपमा बढ्दै गएका छन्। स्थानीय बासिन्दा र व्यवसायीहरूका अनुसार केही स्थानमा तस्करीमा संलग्न समूहहरूले राज्यका सुरक्षाकर्मीहरूसँग मिलेमतो गरेको आशंका व्यक्त गरेका छन्। विशेषगरी सशस्त्र प्रहरीले सीमाक्षेत्रमा तस्करी गतिविधिलाई नियन्त्रण गर्नुपर्ने जिम्मेवारी पाएको भए पनि, केही घटनामा उनीहरूले तस्करीलाई संरक्षण दिएको आरोप लागेको छ।
 काम चलाउ चुनावी सरकार सत्ता , सरकार बनाउन र केवल भाषण गर्नमा सीमित देखिन्छ । जेनजी आन्दोलनका कारण आएको वर्तमान सरकार ले दैनिक प्रशासन पनि राम्रोसँग चलाउन सकिरहेको छैन भन्ने आरोप जेनजीहरू नै लगाउने गर्छन् । काम चलाउ सरकार भएको मौका छोपी अहिले तराईका भारतसंग सीमा जोडिएका जिल्लाबाट तस्करी धन्दा व्यापक मात्रामा मौलाई रहेको छ । 
केही दिन देखि बाराको झिट्कैया नाकाबाट व्यापक तस्करी भैरहेको छ । जोगन , सहिम , बुलेट नाम गरेका कारोवारीहरूले झिट्कैयाको झोलुङेपुल र कटहरियाको पिपलको बोट हुदै तस्करी धन्दा गरिरहेका छन् । यी तस्करहरूले कपडा , जुत्ता , चप्पल , कस्मेटिक सामानको ठूलो कारोवार गरिरहेका छन् । हिजो शनिबार पनि सांझ ६ बजेपछि मात्रै काम भएन कि दिउँसो पनि काम चलिरहेको थियो । तस्करी भैरहेको सम्वन्धमा सशस्त्र प्रहरी बलको झिट्कैया स्थित बेशका सई सबिन खड्कालाई बारम्बार जानकारी दिए पनि उनले तस्करीको सामान वरामद गरेनन् । यो क्षेत्र मर्टिर्अवा स्थित सशस्त्र प्रहरी बलको प्रस्तावित गुल्म मातहत पर्दछ । उक्त गुल्ममा डिएसपी चक्र बहादुर साउद प्रमुखको रूपमा कार्यरत छन् । उनलाई समेत स्थानीयले जानकारी गराएको झिट्कैयाका स्थानीय बासिन्दा सन्तोष साह बताउँछन् । तर पनि तस्करीको सामान पक्राउ परेन । उल्टो तस्करी सामानको लैजादै गरेका तस्करको स्कटिङ गरे झै सशस्त्र प्रहरी बाइकमा देखिन्छन् । जुन तस्बिरमा देख्न सक्नु हुन्छ । यी कारोवारीहरूले सेटिङ मिलाएर तस्करी गरिरहेका छन् ।
नीयवासीहरूले तस्करीका कारण सरकारी राजस्वमा ठूलो नोक्सानी पुगेको र बजारमा अवैध वस्तुको कारोबार बढेको गुनासो गरेका छन्। उनीहरूले सुरक्षातर्फ राज्यको ध्यानाकर्षण गराउँदै नियन्त्रणका लागि कडा कारबाही गर्न माग गरेका छन्।
स्रोतहरूका अनुसार भारतबाट आउने अवैध सामानहरू — जस्तै कपडा र मोबाइल सामग्री — बिना रोकटोक भित्र्याइने गरेको छ। स्थानीयहरूले आरोप लगाएका छन् कि सशस्त्र प्रहरीका केही अधिकारी र जवानहरू आर्थिक लाभको लोभमा तस्करहरूसँग मिलेर यस्तो कार्यलाई सहज बनाइरहेका छन्। यस विषयमा अनुसन्धान गर्न सम्बन्धित निकायहरूले छानबिन समिति गठन गर्नुपर्ने माग बढ्दो छ। यदि यस्ता आरोपहरू प्रमाणित भए भने, यो केवल सुरक्षातन्त्रप्रति जनताको विश्वास घटाउने कार्य मात्र होइन, कानूनी शासन र सीमाको सुरक्षामा पनि गम्भीर प्रश्न उठ्नेछ।

सम्बन्धित समाचार