कोशी र गण्डकी प्रदेशको हिमाली एक/दुई ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना

5.8k Shares

काठमाण्डौ – आज कोशी र गण्डकी प्रदेशको हिमाली एक/दुई ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ । देशका अरू धेरै ठाउँमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागमा मौसम बदलीको अवस्था छ । आज दिउँसोपछि कोशी र गण्डकी प्रदेशका हिमाली भागका एक/दुई ठाँउमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अहिले देशभर कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको महाशाखाले जनाएको छ । आजराति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने अनुमान छ ।

सम्बन्धित समाचार