काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अहिले पनि पूर्व प्रमुख आयुक्त नवीनकुमार घिमिरेकै 'हावा हरक्क चल्ने'गरेको समाचार प्राप्त भएको छ ।
काठमाडौं जिल्लामा कामुकै भरमा सिडियो हुँदै बिभिन्न आर्कषक स्थानमा रमाउँदै राम्रै शुभलाभ जोडेका पूर्व प्रमुख आयुक्त घिमिरे अध्यागमन विभागमा पनि बसेका अधिकारी हुन् । निजामती सेवामा रहँदा,बस्दा,रमाउँदा वन,भुमी,रक्षा र गृह मन्त्रालयमा बसेर राम्रो अकुत धनसम्पती दौलत जोडेको उनलाई नजिकबाट चिन्नेहरुले बताउन थालेका छन् ।
भ्रष्टचारबाट अकुत सम्पत्ति जोड्ने कर्मचारीहरुको सुचीको खोजीका क्रममा उनी अग्रपंतिमा आउछन् । पूर्व प्रमुख आयुक्त घिमिरेको अहिले पनि प्रर्दा पछाडि अख्तियारमा राम्रै प्रभाव देखिने गरेको अख्तियार स्रोतले जनाएको छ ।
आयल निगमको जग्गा प्रकरणमा हालका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईलाई संरक्षण गरेकै कारण पनि संबन्ध कस्तो थियो ? त्यसै प्रष्ट हुन्छ समाचार स्रोतले भन्यो । उनीहरु बिच राम्रै हिमचिम भएका कारण पनि कुन मुद्धामा कस्लाई फसाउने ? कस्लाई जोगाउने भन्ने बारे पनि निकै छलफल हुने गरेको उच्च स्रोतले अभियान टाइम्सलाई नाम उल्लेख नगर्ने सर्तमा जानकारी दिएको हो ।
उनका पालामा धेरै कर्मचारीहरुलाई बद्नियत पुर्ण तवरले १३ पाने भराउने गरेकाले पनि अहिले उनको धन्दाबारे चर्चा चलेको हो । अख्तियारमा घिमिरे प्रमुख आयुक्त रहँदा सहसचिव प्रकाश पौडेल हर्ताकर्ताका रुपमा रहेको स्रोतले जानकारी दिएको छ ।
पछिल्लो समय चितवन हुँदै बारा जिल्ला सिडिओका रुपमा पुगेका सहसचिव पौडेल अहिले जेनजी प्रदर्शनपछि गठन भएको उच्चस्तरीय जाँचबुझ आयोगको सचिवालयमा सरुवा भएका छन् । गृहमन्त्री ओमप्रकाश अर्यालले गत आइतबार उनलाई सचिवालयमा सरुवा गर्ने निर्णय गरेका हुन् । पौडेल बाराको प्रमुख जिल्ला अधिकारी थिए ।
बाराको प्रमुख जिल्ला अधिकारी सिडिओ बाट उनलाई भदौ २३ र २४ मा भएको प्रदर्शनको क्रममा भएको भौतिक एवं मानवीय क्षतिको यथार्थ जाँचबुझ आयोगको सचिवालयमा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।