19.6k
Shares
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २९३ जना कोभिड–१९ संक्रमित थपिएका छन् । ११ हजार ६२६ वटा स्वाब नमुनाको परीक्षण गर्दा २९३ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण दुईजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५८१ पुगेको छ । हाल नेपालमा कोभिड–१९ का सक्रिय संक्रमितको संख्या पाँच हजार १६१ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ ।