- डी.बी. नेपाली
परिवर्तन तिमीलाई मनुश्यले कुन कालमा खाेजेन,तेत्रा युगमा तिमीलाई खाेज्दा खाेज्दै रामायणकाे कथा जन्म्याे । महा पण्डित, विद्वान र शक्तिशाली रावणकाे घमण्ड र अहंकारकाे कारण सत्ता मात्रै हाेइन मृत्यु वरण गर्नु पर्याे उसकाे सुनकाे लंका, उसकाे शक्ति, उसकाे बुद्धी कतै कही केही काम लागेन भने द्वापर युगमा तिम्रै खाेजीमा महाभारतकाे कथा जन्म्याे, सकुनीकाे कुचाल, भ्रष्ट बुद्धी कै कारण सय जना शक्तिशाली धृतराष्ट्रका छाेरा, उनलाई साथ दिने,उनकाे कुचालमा सहयाेगी भुमिका निभाउने शक्तिशाली भीष्म पितामहकाे सुलीमाथि तड्पी तड्पी अत्यन्त यातनामय जीवन जिउनु परेकाे, कर्ण जस्ताे शक्तिशाली याैद्धा अनेक अपमान जनक भुमिकामा बाध्य भएर कुशासन लाध्न खाेज्ने काैरवहरुकाे मात्र प्यादा बनेकाे इतिहास साक्षी छ। रामायण र महाभारतकाे इतिहास भन्छ वेथिति र अधर्म माथि सत्यकाे जीत भयाे, समाज परिवर्तन भयाे तर सम्पूर्ण इतिहासकाे पाेस्टमार्टम गर्दा एउटा राजाले, एउटा शासकले अर्काे शासककाे हत्या गरेर, भगाएर, सरेन्डर गर्न लगाएर सत्ता कब्जा गर्नेठ गर्याे, भगायाे, शासन कब्जा गर्याे तर आम नागरिककाे जीवनमा कतै परिवर्नकाे छाया पनि परेकाे देखिन्न । सत्तामा बस्नेहरुकै अन्याय, अत्याचार, बेभिचारकै कारण मजदुर आन्दाेलनले केहीहदसम्म परिवर्तन गर्न सकेकाे जस्ताे देखिन्छ तर पहिलेकाे सत्तामा बस्नेहरुकाे अन्याय अत्याचार बिरुद्ध रक्तपातपूर्ण आन्दाेनले सत्तामा बस्ने ब्यक्ति परिवर्तन गरे पनि आम नागरिक र मजदुर किसानहरुकाे दैनिकीमा खासै सुधार गरेकाे अहिलेसम्म भएका परिवर्तनमा खासै देखिन्न ।
संसारमा शासन गर्न सफल देखिएकाे ब्रिटिश एम्पायर पनि राजतन्त्र खराब भन्दै राजतन्त्र मासेर ल्याएकाे प्रजातन्त्रले राष्ट्रलाई जाेगाउन नसक्ने देखिए पछि फेरी राजतन्त्र फर्काउन बाध्य भयाे। ब्रिटिश एम्पायर जस्तै एकपटक निकै शक्तिशाली देखिएकाे जापानी साम्राज्य पनि थुप्रै देशहरुमा आतंक मच्चाउदै आफुलाई सुपरपावर सम्झिने घमण्ड र अहंकारकै कारण ब्याक भएर पावरलेस राजतन्त्रमा खुम्चियाे । संसारमा अहिलेसम्म आफुलाई सुपरपावरकाे घमण्ड गर्ने अमेरिका चाैदह बर्षसम्म पावरलेस सानु राज्य भियतनामसंग लडेर आँखिर लज्जाजनक हार खपेर ब्याक हुन पर्याे । रुसमा जारकाे अत्याचारी शासन बिरुद्ध लेलिनकाे नेतृत्वमा भएकाे क्रान्तिले रसियालाई अमेरिकाकाे टक्कर लिन सक्ने अवस्थामा पुर्याए पनि ख्रुश्चाेभकाे पुजीवादी गाइकाे पुच्छर समातेर बैतरनी तैरने मार्क्सवादी सिद्धान्त बेचेर अमिर र शक्तिशाली बन्ने घमण्ड र अहंकारले शक्तिशाली साेभियत संघ टुक्राटुक्रा भएर रसियामा खुम्चिदा पनि परिवर्तन तिमी आम नागरिक आपसमा लडेर फुटेकाे टुलुटुलु हेरेर बस्याैं । पेलिस्टायन र इजरायल, इरान इराक, अफ्गानिस्तानकाे त कुरै नगरे पनि हुन्छ । पेरुमा परिवर्तन गर्ने प्रयास गर्ने गाेन्जालाे गिरफ्तार र गायब गर्दा परिवर्तन तिमी लुकेर बस्याैं, श्रीलंका, बंगलादेश, वर्मा लगायत संसारका थुप्रै देशहरुमा परिवर्तन गर्न खाेज्नेहरुकाे निर्ममतापूर्वक हत्या गरेर पश्चिम र दक्षिणकाे दलालहरुलाई परिवर्तन तिमीले काखी च्यापेर बस्याैं ।
रामायण महाभारत काल देखि अहिलेसम्मकाे इतिहास हेर्दा आम नागरिक स्वतन्त्रता, अधिकार, न्याय, समानता, सुशासनकाे लागि रगत बगाउदै आएकाे छ ,वलि चढ्दै आएकाे छ, रक्त रंजित इतिहास काेर्दै आएकाे छ तर परिवर्तन तिमी कुन गुप्त खाेलामा लुकेर बसेकी छाैं ? संसारकै परिवर्तनकाे इतिहास एउटा लेखमा समेट्न सकिदैन । अब पृथ्वी नारायण शाहकाे एकिकरण गरेकाे अखण्ड ग्रेटर नेपाल तिर लागाैं संसारलाई दास बनाउने त्याे वेलाकाे सुपर पावर ब्रिटिस एम्पायरकाे गाेला बारुद गाेर्खे खुकुरीकाे अगाडि टिक्न नसके पछि र द्वितीय विश्व युद्धकाे सामना गर्नु पर्ने अवस्थाआइलागे पछि ब्रिटिश एम्पायरले वाकायदा ब्रिटिश संसदमा 1947 मा "इण्डियन इन्डिपेन्डेन्ट एक्ट 1947" पास गरेर इण्डिया छाेड्न बाध्य भयाे भने सुघाैली सन्धी गरेर नेपाल भारतकाे सिमाना छुट्याएर गयाे जुन संधीले गर्दा चेलीबेटीकाे साैहार्दपूर्ण सम्बन्धमा भाँजाे हाल्ने एउटा सिमा विवादकाे इच्छा मृत्यु अरिंगल भारत, नेपाल र पाकिस्तानमा छाेडेर गयाे भने सुगाैली सन्धि पछिकाे नेपालकाे राजनीतिमा पनि खुट्टा तान्ने र आफ्नै दाजुभाइकाे हत्या गरी सत्ता कब्जा गर्ने खेलकाे बीजाराेपन गरेर गएकाे परिवर्तन तिमी हेरेर रमाउदै लुकेर बस्याैं ।बि.स.. १७४३ मा पृथ्वीनारायण शाह गाेर्खाका राजा बनेपछि उनले बिभिन्न ससाना राज्यहरु माथि आक्रमण गरेर गाेर्खा राज्यकाे बिस्तार गरेकाे इतिहास भेटिन्छ । गाेर्खा राज्य विस्तारकाे क्रममा १७४४मा नुवाकाेट ,१७६६मा किर्तिपुर,१७६८मा काठमाडाैं, भक्तपुर, १७६९मा ललितपुर, १७७३ मा सेन राज्य, १७७५मा किरात राज्य, १७८१ मा चाैबिसे राज्य, १७८७मा बाइसे राज्य, १७८८-१७९० मा सिक्किम दार्जिलिङ्ग, १७९० मा कुमाउ, १८०४ मा गढवाल र १८६१ सम्म काँगडा युद्धसम्म नेपाल एकिकरणकाे काल मानिन्छ १७६९ मा गाेर्खा अधिराज्यकाे नाम परिवर्तन गरी नेपाल अधिराज्य बनाएर बिशाल नेपाल बनाउन सफल भएकाे इतिहास छ तर १८१४-१८१६ सम्म अंग्रेजसंग युद्ध गर्नु पर्दा डटेर मुकावला गरे पनि आँखिर २ डिसेम्बर १८१५ सुघाैली संधि गर्न बाध्य भएर थुप्रै भुभाग छाेडेर मेची महाकालीमा खुम्चिनु पर्याे ।
पृथ्वीनाराण शाहले ३२ बर्षसम्म शासन चलाए पनि उनकाे शासनकाे समय नेपाल एकिकरण गर्नमै बित्याे पृथ्वीनारायण शाहले एकिकरण गरेर निर्माण गरेकाे मेराे,तेराे र हाम्राे नेपाल आजसम्मकाे इतिहासमा कसैले दास ,गुलाम बनाउन नसकेकाे, संसार जीत्तेकाे भन्ने ब्रिटिश एम्पाएरले समेत दास बनाउन नसकेकाे गाैरवशाली इतिहास बाेकेकाे संसार मै एउटा देश नेपाल मात्रै हाे तर पृथ्वीनारायण शाहकाे उत्तराधिकारीहरुले पृथ्वीनारायण शाहकाे विचार र कार्य कुशलताकाे अनुसरण गर्न नसक्दा बिस्तारै बिस्तारै याे अखण्ड नेपाल छाेटिदै, खुम्चिदै गयाे, देशकाे राजनीति आफ्नै भाइ भारदारहरुबाट हत्या, षडयन्त्रकाे मैदान बन्याेभने त्यस पछिका राजाहरु कमजाेर हुँदा राणाहरुले सत्ता कब्जा गरी १०४ बर्षसम्म सत्ता चलाए । राणा शासनमा पनि परिवर्तन तिमी लुकेरै हेरिहरह्याै । राणाहरुकाे शासन १०४ बर्षसम्म चले पनि षडयन्त्र र हत्यामा बढी केन्द्रित रहेकाे कारण उनिहरुले स्थायी शासन कायम गर्न सकेनन् । पृथ्वीनारायण शाह पछि राजा प्रतापसिंह शाह अनि उनका ३ बर्षका छोरा रणबहादुर शाहकाे पालनमा नेपालकाे राजनीतिमा अस्थिरता र सत्ता कब्जा गर्ने षडयन्त्र र हत्याकाे सिलसिला शुरु भएकाे परिवर्तन तिमीले सहेर तमाशा हेरी बसी रह्याैं । सत्ता चलाउन राजाले छान्ने मुख्तियारी पद माधवर सिंह थापाकाे पाला बिस १९०० देखि प्रधानमन्त्री भनेर परिवर्तन गरे पनि सत्ता कब्जा गर्ने, सत्ता च्युत गर्ने, हत्या गर्ने खेल परिवर्तन तिमी हेरी बस्याै । माथवरसिंह थापाको हत्या गरी फत्तेजङ चौतारीया प्रधानमन्त्री बनाउदा पनि तिमी हेरी बस्याै । रानी राज्यलक्ष्मीका प्रिय पात्र हुनुकाे कारण गगनसिंह प्रभावशाली देखिए पनि वि.सं. १९०३ भदौ ३१ गते राति गगनसिंहको पनि हत्या गरेकाे परिवर्तन तिमीले लुकेर हेरी बस्याैं । हत्याराकाे खाेजी गरि हत्यारा पत्ता लगाउने निहुँमा कोतमा भेला गराइएका अधिकांश भारदारहरूको पनि हत्या गरिदा पनि परिवर्तन तिमी तमाशा हेरी बसी रह्याै। कोतपर्वकाे तमाशा परिवर्तन तिमी हेरीबस्याै ।
काेतपर्व पछि जङ्गबहादुर नेपालका शक्तिशाली प्रधानमन्त्री र प्रधान सेनापतिकाे समय वि.सं. १९०३ कात्तिक १७ गते भण्डार खाल पर्व घटाइ जङ्गबहादुरले राजा राजेन्द्र रानी राज्यलक्ष्मीलाई देशनिकाला गर्दा फेरी अलौँ पर्वमा जङ्गबहादुरले राजा राजेन्द्रलाई राजगद्दी विरुद्ध क्रियाकलाप गरेको दोष लगाएर नजरबन्द गरी सुरेन्द्रलाई राजा घोषित गरि स्वयं सर्वशक्तिशाली भएर नेपालको शासन कब्जा गरेकाे र दरबारसंग बैबाहिक सम्बन्धमा जाेडिए पछि झन शक्तिशाली भएकाे वि.सं. १८५६ मा राजा सुरेन्द्रले जङ्गबहादुरलाई कास्की र लमजुङको श्री ३ महाराज बनाए पछि जंगबहादुर सत्ताकाे शिखरमा पुगेर बिस्तारै शक्ति आफ्नु हातमा लिए पछि क्रुर राणा शासन शुरु भएकाे पनि परिवर्तन तिमी "रुख बाङ्गाे हाे कि सरकार मेराे गर्धन चिलाएकाे हाे" भनेर भन्न बाध्य बनाउने राणा शासनकाे परिवर्तन तिमी तलुवा चाटेर बस्छाै । हत्या हिंसा र षडयन्त्रकाे चलखेलमा कुनै परिवर्न विना चलिरहंदा परिवर्तन तिमी गान्धीकाे बन्दर बनेर आँखा, कान र मुखमा चुकुल लगाएर बसिरह्याै । बालनरसिंह कुँवरका छोरा जंगबहादुर कुँवरले कोतपर्वपछि राज्य शासन हत्याएर राणा शासनको जग बसाले पनि उनकाे पनि हत्या गर्ने प्रयन्त धेरै पटक गरे पनि जंगबहादुरले षडयन्त्र सफल हुन दिएनन् तर जंगबहनदुरकाे मृत्युपछि भएका १९३८ साल र १९४२ सालका पर्वहरुमा उनका भाइका छाेराहरुले जङ्गबहादुरका सन्तानहरु सबैलाई खतम गरि प्रधानमन्त्रीको नयाँ रोलक्रम स्थापित गरे जसमा धीरशमशेरका छोराहरु शक्तिशाली भएकाे र चन्द्रशमशेरले राणा परिवारमा ए, बी र सीको वर्गीकरण गरि राणा परिवारमा वैमनस्यताको अर्को बिजाराेपन गरेकाे परिवर्तन तिमी हेर्दै बस्याै ।
क्रमशः .....