काठमाडौं । नेपाली कांग्रेसको १४औँ
महाधिवेशनअन्तर्गत गत सोमबार भएको केन्द्रीय सदस्य (खुला) ३५ सिटको मतगणना आइतबार सम्पन्न भएको छ ।
पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार निवर्तमान महामन्त्री डा शशाङ्क
कोइराला सर्वाधिक मत तीन हजार ८३६ सहित खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
उनी कुनै समूह वा गुटको प्रतिनिधित्व नगरी र
नबसी निर्वाचित भएका हुन् । यस्तै निर्वाचित ३५ जनामा धेरै
अनुहार नयाँ थपिए । यस्तै कांग्रेस राजनीतिमा पाका र युवाको
मिश्रण मत परिणामले देखाएको छ ।
सभापतिमा शेरबहादुर देउवाले जित्दा उपाध्यक्षमा
पूर्णबहादुर खड्का र धनरमज गुरुङ्ग आए । भने
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले जिते । कांग्रेसका
सहमहामन्त्रीहरुमा पनि समावेशी सहित युवा र पाकाहरुको जीत भएको छ ।
यसले कांग्रेस अब पुराना पार्टी भएपनि
पुरानाहरुको पार्टी नरहेको स्पष्ट सन्देश बाहिर आएको छ ।
केन्द्रीय सदस्यकै मत परिणामले समेत त्यही
देखाउछ । कोइरालापछि त्यसपछि अत्याधिक मत ल्याउनेहरु
एनपी साउद, बालकृष्ण खाण,
उदयशम्शेर
राणा, रामहरि खतिवडा, ज्ञानेन्द्रबहादुर कार्की, रमेश
लेखक, शङ्कर भण्डारी ,
जीपछिरिङ
लामा, अर्जुननरसिंह केसी, जीतजङ्ग बस्नेत, गोपालमान
श्रेष्ठ, मोहनबहादुर बस्नेत, सुनिलबहादुर थापा तथा नैनसिंह महर
निर्वाचित भए ।
यसैगरी दिलेन्द्रप्रसाद बडू, डा
रामशरण महत, बलबहादुर केसी, गोविन्द भट्टराई,
कुन्दनराज
काफ्ले , दिपक गिरी, सुरेन्द्रराज पाण्डे, पद्मनारायण
चौधरी, राजिव ढुङ्गाना, गुरु बराल, संजयकुमार गौतम,
प्रा
डा गोविन्दराज पोखरेल, मदनबहादुर अमात्य, अजयबाबु
शिवाकोटी, गणेश लामा, दिनेश कोइराला, उमेशजङ्ग रायमाझी, इन्जिनियर
मोहन आचार्य, डा गोपाल दहित र कृष्णकिशोर घिमिरे निर्वाचित
भएको समितिले जनाएको छ । खुला केन्द्रीय सदस्य ३५ पदका लागि
९९ जनाले उम्मेदवारी दिएका थिए ।
पार्टीका सबै पदाधिकारीको भने शुक्रबार नै
मतगणना सम्पन्न भएको थियो । कांग्रेस केन्द्रीय कार्यसमितिका
पदाधिकारी र सदस्य गरी १३४ पदका लागि भएको मतदानमा जम्मा ४८७ जनाले उम्मेदवारी
परेको थियो ।
कांग्रेसमा जम्मा महाधिवेशन प्रतिनिधि (मतदाता)
चार हजार ७४३ रहेका छन् । केन्द्रीय कार्यसमितिका पदाधिकारी
मध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री
र समावेशीका विभिन्न आठ क्लष्टरअन्तर्गत आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था
छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट हुने व्यवस्था
छ ।
यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला
नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ,
आदिवासी÷जनजाती
१५, खस÷आर्य १३, मधेसी नौ,
थारु
चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यक
बाट एक, अपाङ्बाट एक सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने
कांग्रेसको विधानको व्यवस्था छ । जम्मा १६७ सदस्यीय केन्द्रीय समितिमा
केन्द्रीय सभापतिले ३३ सदस्य मनोनित गर्ने विधानमा उल्लेख छ ।