दमकमा 'कपडा बैंक' सुरु

5.5k Shares

दमक, असोज २३ गते । ‘हुनेले दिउँ, नहुनेले लिउँ’ भन्ने मूल नारासहित झापाको दमक वडा ६ ले आफ्नो वडामा कपडा बैंक सुरु गरेको छ । यसअघि विभिन्न सामाजिक संघसंस्थाहरुले दमकमा यस किसिमको कार्यक्रम गर्दै आएपनि यसपटक वडा आफैँले यो कार्यक्रम सञ्चालन गरेको हो ।

वडाध्यक्ष टेकबहादुर कार्कीका अनुसार यसलाई चाडपर्वको समयमा मात्र नभएर नियमित रुपमा सञ्चालन गर्ने गरी कपडा बैंक सुरु गरिएको हो । सकेसम्म नयाँ कपडाहरु ल्याउन प्रोत्साहित गरिने उहाँले बताउनुभएको छ । 

स्वईच्छिक रुपमा जो कोहीले पनि कपडा बैंकमा ल्याएर कपडा राख्न सक्ने र आवश्यक परेकाले आएर लैजान सक्ने उहाँले बताउनुभयो । यसले विपन्नहरुलाई टेवा पुग्ने अपेक्षा लिईएको थापाले जानकारी दिनुभयो ।

फाटेका तथा फोहोर कपडा बैंकमा ल्याउन नपाइने उहाँले बताउनुभयो । जस्तो पनि कपडा ल्याएर राख्न पाइदैन, उहाँले भन्नुभयो । प्रयोग गर्न तथा लगाउन योग्य कपडा हुनुपर्यो भन्ने उहाँको भनाइ छ ।

सम्बन्धित समाचार