नेपालको लागि साफ गेममा सहभागिता जनाई बडिबिल्डीङ्ग (शारीरिक सुगठन)मा पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउन सफल तथा नेपालकै सबैभन्दा ठूलो धर्मश्री पदक बिजेता जीवन गिरी नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय क्षेत्रमा समेत ख्याति कमाइसकेका छन् ।
गिरीले नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय क्षेत्रमा झण्डै १५ वर्ष प्रशिक्षकको भूमिका निर्वाह गरी अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको नाम फैलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । नेपालको लागि अन्य खेलको तुलनामा सबैभन्दा बढी पदक दिलाउने खेलको रुपमा स्ट्रेन्थ—लिफ्टीङ्गलाई पु¥याउन गिरीको महत्वपूर्ण योगदान रहेको छ ।
२०४६ सालबाट जिम गर्न सुरु गरेका गिरीले विदेशमा १५ वर्ष प्रशिक्षकको भूमिका निर्वाह गरी धेरै साथीहरुलाई बोलाएर रोजगारी दिलाउने काम पनि गरेको बताउँछन् । हालै दिल्लीमा आयोजित मिस्टर एण्ड मिस दिल्ली स्ट्रेन्थ—लिफ्टीङ्ग च्याम्पियनसिपमा म खेलाडी प्रमुख अतिथिको रुपमा मेयरले सम्मान दिएको र कलकत्तामा स्टेन्थ लिफ्टीङ्ग गेम भएको थियो त्यसमा पनि मलाई नेपालबाट भीआईपी गेस्टको रुपमा बोलाइयो र त्यहाँ पनि मलाई सम्मानित गर्ने काम भयो । तर, नेपालको खेलकुद विकासको लागि भनेर गठित संस्थाहरुले मलाई अहिलेसम्म मेरो मनोबल बढाउने र मैले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालकै सबैभन्दा बढी पदक दिलाउन गरेको योगदानको कदर गर्ने कार्य नगर्दा आफूलाई कता—कता दुःख लागेर आएको गिरी खोजतलाससँग दुखेसो पोख्छन् । मैले नेपाललाई धेरै पदक ल्याउने खेलको रुपमा रहेको स्ट्रेन्थ लिफ्टीङ्ग विकासका लागि अध्यक्षमा समाजसेवी खेलक्षेत्रलाई माया गर्ने भरत महर्जन, उपाध्यक्षमा नेपाल ब्यायाम मन्दिर तथा फिल्म लाइनका नारायण प्रधान, सदस्यमा मिलन सिजापति, सल्लाहकारमा सुरेन्द्र हमाल, संगम थापा, केदारमान स्थापित जस्ता व्यक्तित्वहरुलाई समेटेको गिरी बताउँछन् ।
खेलाडी पृष्ठभूमि भएकै कारण सुरुमा कराते र जुडो खेलमा आवद्ध रहेका गिरीले कभर्डहलमा साथीहरुले लिफ्टीङ्ग गरेको देखेर आफूमा पनि लिफ्टीङ्ग गर्ने चाहना पलाएका कारण सुरुमा स्क्वायट हान्दाहाल्नै दम्बेल्ट किने अनि झातुबाट एक्सरसाइज सुरु गरेको बताउँछन् । हाम्रो जमानामा जिम भन्ने थिएन, त्यतिबेला स्कुलको बेन्च ल्याएर त्यसैलाई इन्क्ल्याण्ट—डिन्क्ल्यान्ट गरेर इट्टा तल राखेर माथि राखेर एक्सरसाइज गर्थे, जीआई पाइपमा विजुलीको तार ल्याएर आफ्नै हिसावले काटेर एक्सरसाइज गर्दै गए, गर्दागर्दा यो एउटा नसा जस्तो भयो सोही कारण निरन्तर यसैमा लागिरहेको छु र मेरो जीवनमा शारीरिक हिसाव र आर्थिक हिसावले राम्रो पनि भएको छ । आफूले भोगेको र गरेको पुराना कुरा सम्झँदै गिरी भन्छन्— जिम गर्दा शरीर बन्छ भनेपछि जे पनि खाने पागल पनजस्तो हुन्थ्यो । त्यही बेला भैंसीको खुट्टा खायो भने जिउ बन्छ भनेपछि आफूले पनि भैंसीको काँचो खुट्टाको भित्रको गुदी (मासी) निकालेर खान्थे र त्यही जोसमा जिम गर्ने गर्थे ।
प्रशिक्षकका रुपमा रहेका गिरीको नेतृत्वमा हालै सिक्कीममा आयोजित स्ट्रेन्थ—लिफ्टीङ्गमा सायद पहिलोचोटी जम्बो नेपाली टोलीले सहभागिता जनाएको थियो । सो प्रतियोगितामा २० जना खेलाडीले २१ स्वर्णसहित दोस्रो र तेस्रो गरी जम्मा ३२ वटा पदक ल्याउन सफल बनेको थियो ।
त्यस्तै आगामी ३० तारिखमा राजस्थानमा आयोजित स्ट्रेन्थ—लिफ्टीङ्ग प्रतियोगितामा पनि प्रशिक्षक गिरीको नेतृत्वमा नेपाली टोलीले सहभागिता जनाउने गिरीले जानकारी गराएका छन् । नेपालको लागि पदकको हिसावले अन्तर्राष्ट्रिय क्षेत्रमा पदक ल्याउने खेल भनेको स्ट्रेन्थ—लिफ्टीङ्ग नै रहेको अवस्थामा राज्यबाट यस्तो खेललाई प्रबद्र्धन गर्नुपर्नेमा खासै वास्ता नगरेकोमा दुःख व्यक्त गर्छन् प्रशिक्षक गिरी । राज्यले यस्ता खेललाई प्रोत्साहन गरी खेलाडीलाई खेलेरै बाँच्नसक्ने आधार बनाई दिएको खण्डमा नेपालको नाम विश्वसामु चिनाउन शारीरिक सुगठनले महत्वपूर्ण भूमिका खेल्नसक्ने गिरी खुलेरै बताउँछन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाई पदक ल्याउने खेलाडी र परिवारको भविष्य सुनिश्चित गराई दिने हो भने स्ट्रेन्थ—लिफ्टीङ्ग खेलले नेपालको नाम विश्वमै चम्काउने गिरी बताउँछन् ।
स्ट्रेन्थ—लिफ्टीङ्गको बारेमा राज्यले खासै महत्व नदिए पनि अन्तर्राष्ट्रिय हिसावले हेर्ने हो भने राम्रो छ । स्ट्रेन्थ—लिफ्टीङ्गका खेलाडीहरुले अन्तर्राष्ट्रियस्तरको प्रतियोगिताहरुमा सहभागिता जनाउनका लागि आफ्नै लगानीमा जाने गरेको र नेपालको लागि पदक ल्याउने गरेका छन् । पछिल्लो तथ्यांकलाई हेर्ने हो भने स्ट्रेन्थ—लिफ्टीङ्गले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको लागि नेपाली खेलाडीले सबैभन्दा धेरै पदक ल्याउन सफल बनेको छ । तै पनि यस्ता खेल खेल्ने खेलाडीलाई राज्यले खासै वास्ता गरेको छैन । आफ्नै पहल, आफ्नै लगानी र मेहनतमा खेलाडीहरुले नेपालको नाम विश्वसामु चिनाउन स्ट्रेन्थ—लिफ्टीङ्ग खेल खेल्दै आइरहेको प्रशिक्षक गिरी बताउँछन् ।
पछिल्लो समय नेपालमा स्वास्थ्य नै धन हो भन्ने हेतुका साथ जिम गर्नेहरुको संख्या ह्वात्तै बढेर गएको छ । विशेष गरी सुगर, प्रेसरका विरामीदेखि लिएर कुनै पनि सेलीब्रेटीहरु जिम गर्न आउने गरेको गिरी बताउँछन् । अहिले फिल्म खेल्न हिरो हुनका लागि अनुहार र डान्समात्र नभएर बडी स्टक्चर पनि हुनुपर्ने भएका कारण प्रायः सेलीब्रेटीहरुले जिम गर्ने गरेका छन् ।
आफूले यस पेशामा लाग्ने कुनै सोच नभए पनि अहिले आएर यसै पेशालाई अंगालेको गिरी बताउँछन् । गत वर्षदेखि कोरोना भाइरसका कारण बन्द भएकोले आर्थिक हिसावले पनि गाह्रो बनाएको थियो । अहिले दुई महिना अफ सिजन हो, गर्मी मौशम सुरु भएपछि जिम राम्रोसँग चल्नेमा ढुक्क छन् गिरी । अहिले गिरीद्वारा संचालित बुटवाल, सुनौल, काठमाडौं, ललितपुर गरी पाँच वटा जिम हलहरु छन् ।
अहिले नेपालमा स्ट्रेन्थ—लिफ्टीङ्ग भन्ने खेल गिरीले भित्र्याएका छन् । अन्तर्राष्ट्रिय स्टेन्थ लिफ्टीङ्ग फेडेरेशनले गिरीकै पहलमा नेपालमा संघ खोल्न भनेर नेपालको महासचिव बनाएर अथोरिटी दिएको छ । यसको लागि गिरी सातै प्रदेशमा खोल्न सुरु गरिसकेका छन् । पाँचवटा प्रदेशमा लगभग भइसकेको र दुईवटा प्रदेशमा हुने तयारीमा रहेको गिरी बताउँछन् ।
स्टेन्थ लिफ्टीङ्ग खेललाई नेपालमा विस्तार र विकासका लागि खेलाडीदेखि लिएर हरेक क्षेत्रका खेलकुद प्रेमीहरुलाई समेटेर लगेको गिरी बताउँछन् । यो खेल विकासको लागि नेपालमा सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनको अध्यक्षतामा संघ खोलेका छौं । यो खेल विस्तारको लागि अध्यक्ष महर्जनको महत्वपूर्ण भूमिका रहने छ । किनकी उहाँ आफै खेलप्रेमी प्रत्येक दिन दुई घन्टा एक्सर साइज गर्ने व्यक्ती र स्वास्थ्य र शिक्षामा लगानीका साथै समाजसेवी भावका भएकै कारण पनि उहाँले यो संघ विकास र विस्तारको लागि राम्रो भूमिका निर्वाह गर्नेमा ढुक्क रहेका गिरी बताउँछन् । अध्यक्ष महर्जनका विषयमा वल्र्ड फेडेरेशनमा एसियाकै उपाध्यक्ष बनाउनका लागि उहाँको नाम सिफारिस गरिसकेको जुन महिनाबाट आधिकारिक रुपमा महर्जनले उपाध्यक्षको पदभार ग्रहण गर्नुहुने गिरी बताउँछन् ।
देश विदेशमा रहँदा कपिलबस्तुको नारा लिएर हिँड्ने गरेका गिरी ‘आफू जन्मेको स्थान, आफू त्यही माटोमा खेलेको र हुर्केको ठाउँ र अर्को ऐतिहासिक गौतम बुद्धको कर्म थलो कपिलबस्तु हो ।’ लुम्बिनीमा जन्मे पनि हुर्केको ठाउँ कपिलबस्तु भएको कारण यसलाई विश्वसामु चिनाउन आफूले यो नारा लिएर हिँड्ने गरेको गिरी बताउँछन् ।