भुटानी शरणार्थी प्रकरण : कारागारबाट भागेका सन्देश शर्मा पक्राउ

7.6k Shares

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा केन्द्रीय कारागार सुन्धारामा रहेका सन्देश शर्मा आइतबार पक्राउ परेका छन् । 

उनलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरी र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले ललितपुरको बखण्डोलबाट पक्राउ गरेको हो। 

उनी गत भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा कारागारबाट भागेका थिए । दाङको तुलसीपुर उपमहानगरपालिका-१६ निवासी उनलाई बाँकी सजाय भुक्तानका लागि केन्द्रीय कारागारमा लगिँदैछ । 

यसअघि त्यही कारागारबाट फरार नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी उपस्थित भइसकेका छन् ।

सम्बन्धित समाचार