7.1k
Shares
काठमाण्डौ – सरकारले जेनजी आन्दोलनका घाइतेहरुलाई परिचय पत्र वितरणसहित उपचारको लागि अस्पताल तोक्ने भएको छ । घाइतेहरुको पहिचान र उपचारमा सहजीकरण गर्न भोलिदेखि परिचय पत्र वितरण गरिने गृहमन्त्रालयले जनाएको छ ।
यस्तै घाइतेको बर्गिकरणको लागि उपचारका संलग्न चिकित्सको संयोजकत्वमा कार्यदल गठनसहित पुनः जाँचका लागि घाइतेहरुलाई एम्बुलेन्स सेवा पनि उपलब्ध गराउने सरकारले निर्णय गरेको छ ।