काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुखमा एसएसपी रमेश थापा आएका छन् ।
काठमाडौँ प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिरहेका एसएसपी विश्व अधिकारीलाई भने प्रहरी प्रधान कार्यालयमा तानिएको छ । थापा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत थिए ।
अधिकारी २०८१ माघ १५ मा काठमाडौं आएका थिए । रमेश थापा प्रहरी भित्र व्यवसायिक अधिकृतको रुपमा चिनिन्छन् । उनले एसपी हुँदा कास्की र उदयपुरको कमाण्ड गरेका थिए ।
जेनजी प्रदर्शनमा भदौ २३ मा काठमाडौँको नयाँ बानेश्वरमा अधिक बल प्रयोग भएको भनेर आलोचना भइरहेको छ ।
भिड नियन्त्रणमा चुकेको भन्दै अधिकारीलाई जिम्मेवारी मुक्त गरेर थापालाई ल्याएको गृह मन्त्रालयले जानकारी गराएको छ ।
भदौ २४ मा देशभर उच्छृङ्खल समूहले आगजनी र तोडफोड गरेका थिए ।