कोशी, बागमती र गण्डकी प्रदेशका केही पहाडी भेगमा ठूलो वर्षाको सम्भावना

8.8k Shares

काठमाण्डौ – आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो मधेस प्रदेशलगायत बाँकी पहाडी र तराई भूभागका केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ । राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका केही ठाउँमा र बाँकी प्रदेशका पहाडी तथा तराई भेगका केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ ।

यस्तै राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । अहिले मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदरभन्दा दक्षिणतिर छ ।

यो समयमा पहिरो तथा गेग्रानको जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भन्दै सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

सम्बन्धित समाचार