धरानमा जेन जीको प्रदर्शन

5.9k Shares

धरान, भदौ २३ गते । धरान उपमहानगरपालिकामा सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचार विरुद्धको नारा लगाउँदै जेन जी प्रदर्शनमा उत्रिएका छन् ।

सोमबार धरान–२, भानुचोकबाट नारा लगाउँदै छाता चोक, चतरा लाईन धरान उपमहानगरपालिकाको कार्यालय हुँदै पुतली लाइनबाट पुनः भानुचोक मा आएर प्रदर्शन गरेका छन्।

अधिकांश जेन जी कलेजको पोशाकमा देखिएको छ । यस आन्दोलनमा जेन जी पुस्ता मात्र नभएर सामाजिक अभियन्ताले सहभागी जनाएको थियो। 

सम्बन्धित समाचार