झापा । शुष्मा काष्ठ उद्योग बिर्तामोडका सञ्चालक राजु राजवंशी (सन्तोष) सङ्ग ‘घुस’ माग्दै अनावश्यक दुःख दिने सशस्त्र प्रहरीमाथि छानबिन गरिने भएको छ।
व्यवसायी राजवंशीसँग भएको घटनाबारे ध्यानाकर्षण गराएपछि प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले त्यस विषयमा छानबिन गरिने बताएका हुन्। सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हे.क्वा. झापाका सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारी र डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठलाई बोलाएर सो घटनाका बारेमा छानबिन गरिने उनले बताए। सुरक्षा अधिकारीहरूले व्यवसायीलाई हतोत्साही गर्न नमिल्ने बताउँदै घटनाको वास्तविकता अध्ययन गर्ने जानकारी दिए।
प्रहरी नायव उपरीक्षक सुमन पोखरेल र टिमाई चेकपोष्टका सशस्त्र प्रहरी नायव निरीक्षक केदार श्रेष्ठले अनावश्यक रूपमा दुःख दिएको भन्दै प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराइएको हो। झापाका फर्निचर व्यवसायी, राजनीतिक दलका प्रतिनिधि र बिर्तामोडका व्यवसायीले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका थिए।सशस्त्र प्रहरीको टिमाई चेक पोष्टका सशस्त्र प्रहरी नायव निरीक्षक श्रेष्ठले अनावश्यक रुपमा घुस मागेको , नदिँदा काठसहित मानिसलाई सशस्त्र प्रहरी वल नेपाल नम्वर २ गण हे.क्वा. झापा पु¥याएको र काठ राजश्व कार्यालय इटहरीलाई बुझाएको ध्यानाकर्षणपत्रमा उल्लेख छ ।
काष्ठ उद्योगका सञ्चालक राजवंशीले बुद्धशान्ति गाउँपालिका–५ बाट काठ ल्याउने क्रममा सशस्त्र प्रहरीको टिमाई चेकपोष्टका सशस्त्र प्रहरी नायव निरीक्षक श्रेष्ठले अनावश्यक रूपमा घुस मागेको, नदिँदा काठसहित मानिसलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हे.क्वा. झापा पु¥याएको र काठ राजस्व कार्यालय इटहरीलाई बुझाएको ध्यानाकर्षणपत्रमा उल्लेख छ।
डिभिजन वन कार्यालय झापाले दिएको इजाजत अनुसार शुष्मा काष्ठ उद्योग बिर्तामोड–४ ले बुद्धशान्ति गाउँपालिका–५ स्थित नारायणप्रसाद भट्टराईको नाममा दर्ता रहेको कित्ता नम्बर २९५ र बुद्धशान्ति गाउँपालिका–५ स्थित कित्ता नम्बर ६८६९ मा रहेको निजी वनबाट उत्पादित सेतो सिरिस, खमारी, सिमललगायत प्रजातिका काठ खरिद गरेको र सो काठ ल्याउने क्रममा सशस्त्र प्रहरीले पक्राउ गर्दै २५ हजार रुपैयाँ माग गरेको उद्योगका सञ्चालक राजवंशीले बताए। आवश्यक कागजात हुँदाहुँदै आफूले प्रहरीलाई पैसा नदिएकै कारण काठसहित गाडी नियन्त्रणमा लिएर राजस्व कार्यालय पठाएको र राजस्व कार्यालयले समेत प्रहरी रिपोर्टलाई आधार मान्दै ७० हजार रुपैयाँ जरिवाना गरेको प्रमुख जिल्ला अधिकारी अधिकारीसमक्ष राजवंशीले बताए।
बिहीवार राजवंशीले बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै घटना सार्वजनिक गरेका छन्। बिर्तामोड उद्योग वाणिज्य संघको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा आफूलाई राजवंशी भएकै कारण प्रहरीले विभेद गरेको र प्रहरीले मागेको जति रकम नदिँदा अनावश्यक रूपमा दुःख दिएको उनको भनाइ थियो।
यता अर्जुनधारा स्थित सशस्त्र प्रहरी बल सुरक्षा बेस शनिश्चरे, झापाले घुमुवा प्रहरी खटाएर वारिपारी गर्ने व्यापारीसँग मासिक रुपैयाँ असुल्न थालेको छ। हामीलाई प्राप्त अडियो रेकर्डका अनुसार असारमा नयाँ डिएसपीले सुरक्षा बेसको कमाण्ड समालेसँगै मासिक ५ हजार बुझाउने पोके व्यापारीलाई ९८०५०७६२६० नम्बरका सशस्त्रका घुमुवाले कल गरेर २० हजार माग्न थालेका थिए। एक व्यापारीले भने, ‘भोको पेटको सवाल छ सर, काम नगरि खान पुग्दैन। ५ हजारको ठाउँमा २० हजार बुझाएको २ महिना भयो।’