काठमाडौं । नेपाल प्रहरीको लत्ताकपडा ठेक्कामा आफ्नो नजिकैको ठेकेदारलाई ठेक्का दिलाउन अख्तियारका एक आयुक्तले दबाब दिएको खुलासा भएको छ ।
भाेलि शुक्रबार हुने ठेक्कामा अख्तियारका एक आयुक्तले प्रहरी महानिरीक्षक दीपक थापा , प्रशासन बिभागका एआइजिपी कृष्णहरि शर्मा र प्रवन्ध हेर्ने डिआइजी सुशील सिंह राठौरलाई फाेन गरेर दबाब दिएको खुलेको छ ।
खास गरेर स्नाे पन्जा , स्नाे भेष्ट , स्नाे ट्राउजर ,स्नाे स्वेटर र स्नाे चश्माकाे ठेक्कामा ती आयुक्तले दबाब दिएकाे खुलासा भएको छ । ती आयुक्तले आफ्नो छाेरी साझेदार भएको ठेकेदारलाई ठेक्का दिन व्यापक दबाब दिएको समेत खुलेको छ ।
भ्रष्टाचार र अनियमितताको अनुसन्धान र मुद्दा बुझाउने अख्तियार जस्तो संस्थामा रहेका आयुक्त जस्तो पदमा बसेर उल्टो प्रहरीको ठेक्कामा छाेरी साझेदार रहेको ठेकेदारलाई ठेक्का दिनु भनेर दबाब दिन मिल्छ । एकातर्फ यसपटक प्रहरीको ठेक्का सबैभन्दा बढी बिबादास्पद भएको छ।
सेटिङमा ठेक्का मिलाएको भनेर जतासुकै उजुरी परेको छ भने अर्कोतर्फ प्रहरी महानिरीक्षक दीपक थापा आगामी १८ अवकाशकाे मुखमा छन् । यस्तो समयमा दबाब दिएर छाेरीकाे साझेदारलाई ठेक्का दिलाउन उनी लागिपरेका छन्