काठमाण्डाैकाे धापासीमा पहिरो जाँदा सडक अवरुद्ध

6.7k Shares

काठमाण्डाै – हिजाेकाे अविरल वर्षाका कारण काठमाण्डाैकाे धापासीमा पहिराे गएको छ । अविरल वर्षाका कारण टोखा नगरपालिका–४ धापासी लाम्पाखा चाेकमा पहिरो गएको हो ।

पहिरोका कारण सडक पूर्णरूपमा बन्द भएको छ । पहिरोले एउटा ट्रान्सफर्मरसहित ६ वटा पोल ढाल्दा यस क्षेत्रमा हिजाेदेखि नै बिजुली आपूर्ति बन्द भएको छ । अहिले पहिरो पन्छाएर सडक खुलाउने काम भइरहेको छ ।

स्थानीयवासीले पर्खाल केही दिनअघि चर्किएको तर प्लास्टिक लगाएर छेकेको बताएका छन् ।

सम्बन्धित समाचार