8.1k
Shares
काठमाण्डौ – आज कोशी र बागमती प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभरको मौसम साधारणतया बदली रहनेछ ।
कोशी र मधेशको तराई तथा बागमतीको पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्न सक्ने सम्भावना छ । कोशी र बागमतीका एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ ।
आज राति कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशको पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहनेछ । गएराति पनि सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्कादेखि मध्यम वर्षा भएको थियो । नेपालमा पछिल्लो हप्ता मनसुन केही कमजोर बनेको छ ।