अनिल झाले पुनर्गठन गरेको सद्‌भावना पार्टी आयोगले दियो मान्यता

7.1k Shares

काठमाडौँ । नेपाल सद्‌भावना पार्टी पुनर्गठन भएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेका नेता अनिल कुमार झाले सद्‌भावना पार्टी पुनर्गठन गरेका हुन् ।

उनले पुनर्गठन गरेको पार्टीलाई हिजो मात्रै निर्वाचन आयोगले मान्यता दिएको छ । मधेशवादी ६ वटा दल एकीकरण हुँदा सद्भावना पार्टी ०७४ सालदेखि निष्क्रिय थियो ।

झा २०७४ सालको चुनावमा रौतहट क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । झा खानेपानी मन्त्री समेत भए । २०७९ को चुनावमा भने उनी पराजित भएका थिए । उनी पुनः लोसपा छाडेर सद्‌भावना पार्टीमा सक्रिय भएका हुन् ।

सम्बन्धित समाचार