सप्तरीमा ३९६ किलो गाँजा बरामद

6.3k Shares

कल्याणपुर (सप्तरी), साउन २३ गते । सप्तरी प्रहरीले बेबारिसे अवस्थामा रहेको ठुलो परिमाणको लागुऔषध गाँजा बरामद गरेको छ ।

जिल्लाको डाक्नेश्वरी नगरपालिका– ५ पातोस्थित महादेबा टोलको नहरी, धानखेत र बाँसघारी क्षेत्रमा बेबारिसे अवस्थामा रहेको ठुलो परिमाणमा गाँजा बरामद गरेको हो ।

भारततर्फ तस्करी गर्ने तयारीमा राखिएको अवस्थामा ३९६ किलो गाँजा नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोलीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय पातोका अनुसार बरामद गरिएको १७ वटा बण्डलमा रहेको ३९६ किलो गाँजा आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय कल्याणपुरमा जिम्मा दिइएको छ । 

सम्बन्धित समाचार