करेन्ट लागेर मृत्यु

6.9k Shares

काठमाडौं, २० साउन । पर्सा, जगरनाथपुर गाउँपालिका-४ जगरनाथपुर बस्ने २४ वर्षीया आयसा खातुनको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ ।

सोही ठाउँस्थित माईती घरमा तारमा कपडा सुकाउने क्रममा वाईरिङको तारबाट करेन्ट सर्ट भई करेन्ट लागेर गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल पोखरियामा उपचारको क्रममा मृत्यु भएको हो ।

महोत्तरी, गौशाला नगरपालिका-३ नवराजपुर बस्ने २२ वर्षीय अरबिन्द मण्डलको करेन्ट लागेर गए राति मृत्यु भएको छ । आफ्नै घरमा विद्युतीय नाङगो तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको शुभ स्वस्तिक अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार