संस्थापनइतर समूहकाे साझा उम्मेदवार ताेक्नका लागि आज साँझ पाँच बजे बैठक बस्ने

17.9k Shares

 काठमाडौं । नेपाली कांग्रेसकाे १४औं महाधिवेशन काठमाडाैंस्थित भृकुटीमण्डपमा सुरु भइसकेकाे छ । यता महाधिवेशन सुरु भइसक्दा संस्थापनइतर समूहले साझा उम्मेदवार भने ताेक्न सकेकाे छैन ।

केही दिनदेखि निरन्तर छलफल भइरहँदा पनि समूह निष्कर्षमा पुग्न नसकेकाे हाे । संस्थापनइतर समूहले आज बेलुका साझा उम्मेदवार ताेक्न पाँच बजे बैठक बस्ने बताइएकाे छ । आजकाे बैठकमा जसरी भए पनि साझा उम्मेदवार ताेकिने  बताइएकाे छ ।

संस्थापनइतरमा सभापतिका आकांक्षी रहेका शशांक र शेखर काेइरालाले रामचन्द्र पाैडेलका लागि पछि हट्न तयार हुँदा यता प्रकाशमान सिंह भने मानिरहेका छैनन् । सभापतिका अर्का प्रत्याशी विमलेन्द्र निधि भने पाैडेललाई साझा उम्मेदवार बनाए आफू पछि हट्ने जनाएका छन् ।

सम्बन्धित समाचार