बागमतीमा एमालेले देउवाको निर्णय कुर्ने

6.9k Shares

काठमाडौं– सत्ता साझेदार नेकपा एमालेले बागमती प्रदेश सरकारबारे नेपाली कांग्रेसको संस्थागत निर्णयअनुसार अघि बढ्ने भएको छ । एमालेको बागमती प्रदेश संसदीय दलको बुधबार बसेको बैठकले सरकारबारे कांग्रेसले गर्ने संस्थागत निर्णयअनुसार अघि बढ्ने निर्णय गरेको हो । 

‘हामी यो वा त्यो व्यक्तिका पछि लाग्दैनौँ । हल्लाका पछि पनि लाग्दैनौँ । कांग्रेसले जसको पक्षमा संस्थागत निर्णय गर्छ उसलाई साथ दिएर जान्छौँ,’ एमाले प्रदेश सभा सदस्य केशवप्रसाद पोखरेलले खबरहबसँग भने । 

कांग्रेसले पार्टीको आन्तरिक टकरावका प्रदेशसभामा देखिएको अस्थिरतालाई तत्काल निकास दिनुपर्ने निष्कर्ष निकालेको पनि उनले जानकारी दिए । ‘कांग्रेसमा देखिएको टकरावले प्रदेशसभामा जुनखालको अस्थिरता देखिएको छ, तत्काल यसको निकास दिनुपर्छ,’ पोखरेलले भने । 

एमाले बागमतीले सरकारको कार्यशैली सुधारेर जानुपर्नेमा पनि जोड दिएको छ ।

सम्बन्धित समाचार