एथलेटिक्स सङ्घको निर्वाचन रोक्न माग

8.7k Shares

काठमाडौँ, साउन ११ गते । एथलेटिक्स सङ्घका असन्तुष्ट पदाधिकारीले राजीव विक्रम शाहको तदर्थ कमिटीमा रहेको नेपाल एथलेटिक्स सङ्घको निर्वाचन नगराउन माग गरेका छन् ।

सङ्घका महासचिव धनबीर चौधरीसहितका सरोकारवालाले आइतबार पत्रकार सम्मेलन गरी निर्वाचन प्रक्रिया अगाडि नबढाउन माग गरेका हुन् ।

सरोकारवालाहरुले सङ्घ विरुद्ध उच्च अदालत पाटनमा दायर भएको रिटको फैसला र निष्पक्ष छानबिन नसकिएसम्म निर्वाचन हुन नसक्ने पनि बर्ताएका छन् ।

उनीहरुले शाहको नेतृत्वले यही साउन १४ गते सङ्घको निर्वाचन गर्ने तयारी गरिरहेको पनि जानकारी दिए । युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) पछिल्ले समय २०८२ साल वैशाख १५ गते शाहको संयोजकत्वमा सङ्घको तदर्थ कमिटी गठनगरी सोही कमिटीलाई तीन महिना भित्र सङ्घको निर्वाचन गर्न निर्देशन दिएको थियो । 

सरोकारवालाहरुले शाह संयोजक रहेको सङ्घको तदर्थ कमिटीले राष्ट्रिय खेलकुद विकास ऐन–२०७७ तथा राष्ट्रिय खेलकुद विकास नियमावली–२०७९ अनुसार राखेपबाट बिधान स्वीकृत नगराई निर्वाचन गर्न लागेको पनि बताएका छन्  ।

उनीहरुले शाह नेतृत्वले सङ्घमा लामो समयदेखि आर्थिक अनियमितता गर्दै आएको आरोप समेत  लगाए ।521639745_24121291360830866_4347095999571443208_n.jpg

सम्बन्धित समाचार