आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

6.8k Shares

काठमाडौं, ९ साउन । सुनसरी, बराहक्षेत्र नगरपालिका-२ पुरबास बस्ने ४० वर्षीय सुभाष राईको गोठमा बिहीबार राति आगलागी हुँदा करिब ९ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

यसैगरी सुनसरी, दुहवी नगरपालिका-३ स्थित अमित जैशवालले संचालन गरेको दिपक सस्केप (कवाडी) गोदाममा बिहीबार दिउँसो आगलागी हुँदा करिब ६ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

सिराहा, धनगढीमाई नगरपालिका-३ हनुमाननगर बस्ने ७० वर्षीय कुजीलाल चौधरीको गोठमा बिहीबार राति आगलागी हुँदा करिब २ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

भोजपुर, षडानन्द नगरपालिका-१ आमबोटे बस्ने बाल कृष्ण सुनामको घरमा बिहीबार दिउँसो आगलागी हुँदा करिब ६ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार