जनप्रतिनिधिलाई अभद्र व्यवहार गर्ने तीन जना पक्राउ

6.9k Shares

तनहुँ, साउन ८ गते। तनहुँको व्यास नगरपालिका–३ स्थित तरकारी लाइन, दमौली बजार अनुगमनमा गएका जनप्रतिनिधि सहितको टोलीमाथि दुर्व्यवहार गर्ने तीन जनालाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ।

भारतको रक्सौल घर भएर हाल दमौली बजारमा तरकारी तथा किरानाको व्यापार गर्दै आएका ५५ वर्षीय जवाहित साह,  श्रीमती ५० वर्षीय मायादेवी साह र उनीहरु २३ वर्षीय छोरा राजु साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

तीनै जनालाई नगर प्रहरीले नियन्त्रणमा लिएर कानुनी कारबाहीका लागि प्रक्रिया अघि बढाउनका लागि नेपाल प्रहरीलाई बिहीबार जिम्मा लगाइएको छ। पक्राउ परेका तीनै जनालाई अभद्र व्यवहारमा मुद्दा दर्ता गराई कानुन बमोजिम हदैसम्मको कारबाही गर्न जिल्ला प्रहरी कार्यालय तनहुँलाई जिम्मा लगाइएको व्यास नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्कीले जानकारी दिनुभयो। 

२०८१ साल जेठ १ गतेदेखि नै नगरलाई सफा बनाउन ४० माइक्रोन भन्दा कमको प्लाष्टिक प्रयोग नल्याउने नीति अनुसार अनुगमन गर्न गएको जनप्रतिनिधि सहितको टोलीमाथि बुधबारसाँझ तीनै जनाले दुर्व्यवहार गरेका थिए। नगरपालिकाको वन, वातावरण तथा सरसफाई समितिको संयोजक तथा व्यास नगरपालिकाको कार्यपालिकाका सदस्य रनसिंह नेपाली सहितको टोली नियमित रुपमा बजार अनुगमनमा गर्ने क्रममा दुर्व्यवहारमा पर्नुभएको थियो।

सम्बन्धित समाचार