काठमाडौं, ८ साउन । बारा, सुवर्ण गाउँपालिका-७ बहुअर्वा बस्ने ५७ वर्षीय धतु राय भर को करेन्ट लागेर बुधबार बेलुकी मृत्यु भएको छ ।
आफ्नै खेतमा विद्युतीय मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको स्थानीय एसआरपी अस्पताल कवहीमा उपचारको क्रममा मृत्यु भएको हो ।
झापा, गौरादह नगरपालिका-७ गक्षामारी बस्ने ७७ वर्षीया तेज कुमारी उप्रेतीको करेन्ट लागेर बुधबार बेलुकी मृत्यु भएको छ । आफ्नै घर नजिकै रहेको गुवालीभित्र कुटी काट्ने मेसिनबाट करेन्ट लागेर उनको मृत्यु भएको हो ।
धनुषा, हंसपुर नगरपालिका-३ मलहनिया बस्ने ६० वर्षीय असर्फी महराको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ । आफ्नै खेतमा पानी लगाउनको लागि विद्युतीय मोटर जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको स्थानीय क्लिनिक हंसपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।