नेपाल सम्मिलित टप इण्ड टी–२० शृङखलामा खेल्ने पाकिस्तान ‘ए’ टोलीको घोषणा

7.5k Shares

काठमाण्डौ – अष्ट्रेलियामा हुने नेपाल सम्मिलित टप इण्ड टी–२० शृङखला खेल्ने पाकिस्तान ‘ए’ टोलीको घोषणा भएको छ । अर्को महिना हुने शृङखलाका लागि पाकिस्तान ‘ए’ टोलीको घोषणा भएको हो । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले आज मोहम्मद इफ्रान खानको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

लगातार तेस्रो पटक शृङ्खलामा सहभागीता जनाउन लागेको पाकिस्तान ‘ए’ गत संस्करणमा सेमिफाइनलमा एडिलेट स्ट्राइकरको एकेडेमी टोलीसँग पराजित भएको थियो । पाकिस्तान ‘ए’ र नेपाली राष्ट्रिय क्रिकेट टोलीबीच अगस्ट २२ तारिखमा खेल हुनेछ ।

टी–२० शृङ्खलामा नेपालले नर्दन टेरिटोरी स्ट्राइक्ससहित बङ्गलादेश ‘ए’, पाकिस्तान ए’ र बिग बाश लिगका तीन टोलीहरू मेलबर्न स्टार्स, होबार्ट हरिकेन्स र मेलबर्न रेनेगेड्ससँग खेल्नेछ । नेपालले समूह चरणमा छ वटा खेल खेल्नेछ । लिग चरणको शीर्ष चारमा रहने टोली बीच सेमिफाइनल हुनेछ । सेमिफाइनल र फाइनलका खेल भदौ ८ गते अर्थात् अगस्ट २४ तारिखमा हुनेछ ।

आईसीसी टी–२० विश्वकप एशिया छनोट २०२६ को तयारी स्वरूप नेपालले अस्ट्रेलियामा शृङ्खला खेल्न लागेको हो । टी–२० विश्वकपको एशिया छनोट आउँदो अक्टोबर १ देखि १७ सम्म ओमानमा हुनेछ । यो छनोटअघि नेपालले आउँदो सेप्टेम्बरमा संयुक्त अरब इमिरेट्स (यूएई) मा वेस्ट इन्डिजसँग तीन खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्ने तय भएको छ ।

 

सम्बन्धित समाचार