9.3k
Shares
महोत्तरी, २७ असार । मनराशिसवा नगरपालिका-६ बस्ने शम्भु यादवको किराना पसलमा गए राति आगलागी हुँदा करिब ३ लाख ९२ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।