कृषि र पशुपालनलाई रोजगारीको प्रमुख माध्यम बनाउँदै गुल्मीको रुरुका किसान

7.9k Shares

गुल्मी – गुल्मीको रुरुक्षेत्र गाउँपालिकाका किसानले कृषि र पशुपालनलाई रोजगारीको प्रमुख माध्यम बनाएका छन् ।

गाउँपालिकाले सञ्चालन गरेको रुरु कृषि परियोजनाले किसानहरूलाई उत्पादन र उत्पादित उपजको बजारीकरणमा सहयोग गरेपछि उनीहरूले कृषि र पशुपालनलाई रोजगारीको प्रमुख माध्यम बनाएका हुन् ।

रिडीका ७८ वर्षीय रामचन्द्र भट्टराईले गएको वर्ष रुरु कृषि परियोजनामार्फत एक सय मेवाका बिरुवा निःशुल्क पाउनुभयो । मकैखेती हुने बारीमा मेवाका बिरुवा लगाउनुभएका उहाँले यही असारको पहिलो हप्ता ६० हजार रुपैयाँकाे मेवा बिक्री गर्नुभयो । उहाँले एक रोपनी क्षेत्रफलमा मेवा लगाउनुभएको हो ।

अर्का किसान ३४ वर्षीय पुष्प भट्टराईले पनि खुर्सानी बिक्रीबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । परियोजनाले गएको वर्ष एनएस १७ सय जातको खुर्सानीको बीउ दिएको थियो ।

त्यही बीउबाट बिरुवा उत्पादन गरी अहिले भट्टराईले बिरुवाबाट आम्दानी लिइरहनुभएकाे छ । एक रोपनी क्षेत्रफलमा १४ सय बिरुवा लगाउनुभएका उहाँले अहिले खुर्सानी पैँचो दिनुका साथै पसल र स्थानीय बजारमा बिक्री गर्नुहुन्छ । उहाँले बिरुवा स्थानीय बजारमा प्रतिकिलो एक सय रुपैयाँमा बिक्री गर्दै आउनुभएको छ ।

सम्बन्धित समाचार