रायोको सागमा भेटियो अत्यधिक मात्रामा विषादी

7.1k Shares

काठमाडौं– कालीमाटी तरकारी बजारमा बिक्रीका लागि राखिएको रायोको सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । 

मंगलबार तरकारीमा विषादी जाँच गर्ने क्रममा रायोको सागमा विषादीको मात्रा अत्यधिक भेटिएको कालीमाटी फलफूल तथा तरकारी विकास समितिले जनाएको छ । 

रायो सागको नमूना परीक्षण गर्दा भक्तपुरका एक किसानको बारीबाट ल्याएको रायो सागमा विषादीको मात्रा (रोकावट प्रतिशत) ८२.७८  प्रतिशत भेटिएको हो । 

जाँच गर्दा रोकावट प्रतिशत ४५ भन्दा माथि आए उक्त वस्तु उपभोग गर्न अयोग्य मानिन्छ। यसअघि पनि रायोको साग, स्थानीय काउली, ब्रोकाउली, तिते करेला, तनेबोडी र हरियो धनियाँ लगायतका तरकारीमा विषादीको मात्रा अत्यधिक भेटिएको थियो ।

515999867_1070986007865816_6021126141758461876_n-1087x1536.jpg

सम्बन्धित समाचार