सुनसरीमा खोलामा डुबेर २ जना बालकको ज्यान गयो

8.7k Shares

सुनसरी – खोलामा डुबेर दुई जना बालकको ज्यान गएको छ । हिजो दिउँसो जब्दीको मुरा खोलामा पौडी खेल्ने क्रममा इटहरी उपमहानगरपालिका–१६ का नौ वर्षीय युनिस खत्री र इटहरी–५ का ११ वर्षीय हेमबहादुर परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

उहाँका अनुसार इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले तत्काल उद्धार गरी दुवै बालकलाई उपचारका लागि अस्पताल पुर्‍याए पनि अस्पतालले मृत घोषणा गरेको हो ।

सम्बन्धित समाचार