कोरियन भाषा प्रशिक्षण केन्द्र राष्ट्रिय संघ गठन

11k Shares

काठमाडौं- नेपालभरका कोरियन भाषा प्रशिक्षण केन्द्रहरूलाई एकीकृत गर्दै ‘कोरियन भाषा प्रशिक्षण केन्द्र राष्ट्रिय संघ नेपाल’ गठन गरिएको छ।

ईपीएस प्रणालीमा देखिएका विभिन्न व्यावहारिक समस्याहरू समाधान गर्न र सम्बन्धित निकायसँग समन्वय गरी विद्यार्थी तथा केन्द्रहरूबीच पुलको भूमिका निर्वाह गर्ने उद्देश्यसहित यो संघ गठन गरिएको हो।

गैरनाफामूलक सामाजिक संस्था स्वरूपको उक्त संघ जेठ २६ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा संस्था दर्ता ऐन २०३४ अनुसार दर्ता भई संचालनमा आएको हो।

संघले ईपीएस प्रणाली अन्तर्गत कोरियन भाषा अध्ययन गरिरहेका विद्यार्थी र तिनका प्रशिक्षण केन्द्रहरूको हितमा सामाजिक सेवा भावले काम गर्ने प्रतिबद्धता जनाएको छ।

संस्थाले आगामी दिनमा सम्बन्धित सरकारी तथा निजी निकाय, समुदाय, सरोकारवालाहरू र शुभेच्छुकहरूसँग सहकार्य गर्दै अघि बढ्ने बताएको छ।

संस्थाको नेतृत्व

अध्यक्ष : सपराज राई

उपाध्यक्षहरू : ओमप्रसाद बुर्लाकोटी, रामचन्द्र थापा, नारायण थापा

सचिव : योगेन्द्र वाग्ले

सहसचिवहरू : जयराम आचार्य, उदयराम जैशी

कोषाध्यक्ष : रोशन आचार्य

संघले निकट भविष्यमा कोरियन भाषा सम्बन्धी तालिमको गुणस्तर अभिवृद्धि, विद्यार्थीहरूका समस्या समाधान तथा नीति निर्माण तहमा आवश्यक परामर्श र सुझाव दिन सक्रिय भूमिका खेल्ने जनाएको छ।eps-teacher-orghanazitation-1067x1536.jpgeps-teacher-orghanazitation-1-1067x1536.jpg

सम्बन्धित समाचार