ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

8.2k Shares

बारा, १६ असार । जीतपुरसिमरा उपमहानगरपालिका-७ दुर्गा मन्दिर चोकस्थित सडकमा ना.६ ख २९९२ नम्बरको ट्याङ्करले मधेश प्रदेश ०३-०२-०२४ प ३९६९ नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक पर्सा वीरगंज महानगरपालिका-३२ बस्ने २० वर्षीय महमद साहिल अंसारीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले ट्याङ्कर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार