जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

6.3k Shares

दाङ– १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा तुलसीपुर उपमहानगरपालिका-१७ बकुलाही बस्ने २५ वर्षीय लक्ष्मण चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लक्ष्मणले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार