नुवाकोटको ककनीमा खोलाले बगाएर एक महिला बेपत्ता

10.5k Shares

काठमाण्डौ – नुवाकोटको ककनी गाउँपालिका १ को भसिबुमा पर्ने बिमचना खोलामा आएको बाढीले बगाएर स्थानीय ३२ वर्षीया कमला बलामी बेपत्ता हुनुभएको छ । उहाँको खोजी भइरहेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

भसिबुमै पहिरोले तीन वटा गोठ बगाएको छ भने पहिरोमा परी स्थानीय अशोक बलामी घाइते हुनुभएको छ । उनलाई उद्धार गरी उपचारका लागि काठमाण्डौ ल्याइएको डिएसपी थापाले जानकारी दिनुभयो ।

यस्तै डोल्पाको काईके गाउँपालिका–४ रिवामा पहिरोले १५ वटा घर पूर्ण रूपमा क्षति भएको छ । पहिरोमा परी तीन जना घाइते भएका र उनीहरुको अवस्था सामान्य रहेको सशस्त्र प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार