सर्वोच्चमा प्रस्तावित तीन न्यायाधीश र एक न्याय परिषद् सदस्यविरुद्ध सात वटा उजुरी

7.5k Shares

काठमाण्डाै – सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तीन जना न्यायाधीश र एक जना न्याय परिषद् सदस्यविरुद्ध सात वटा उजुरी परेका छन् । सिंहदरबारमा आज बसेको संसदीय सुनुवाइ समितिको बैठकले यसबारे जानकारी गराएको हो ।

बैठकमा बोल्दै समिति सभापति ईश्वरीदेवी न्यौपानेले सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापा र न्याय परिषद्को सदस्य पदमा प्रस्तावित महेशकुमार नेपालविरुद्ध सात जनाले उजुरी दिएका जानकारी दिनुभयो ।

सातै जना उजुरीकर्ताहरूलाई भोलिको समिति बैठकमा बोलाएर जानकारी लिने न्यौपानेले बताउनुभयो । त्यस्तै आउँदाे आइतवारको बैठकमा प्रस्तावित न्यायाधीशहरू पोखरेल, पौडेल र थापाका कार्ययोजना सुन्ने र सुनुवाइ गर्ने कार्यसूची रहेको उहाँकाे भनाइ छ ।

न्याय परिषद्को सदस्य पदमा प्रस्तावित महेशकुमार नेपालमाथि पाँच वटा उजुरी परेका छन् । अन्य दुई वटा उजुरी भने प्रस्तावित न्यायाधीशमाथि परेका हुन् ।

सम्बन्धित समाचार