एनओसीमा अनियमितताविरुद्ध नेविसंघको चेतावनी

6.8k Shares

काठमाडौं– नेपाल विद्यार्थी संघ (नेविसंघ) ले वैदेशिक अध्ययनका लागि आवश्यक पर्ने अध्ययन अनुमति पत्र (एनओसी) प्रक्रियामा अनियमितता भएको भन्दै आपत्ति जनाएको छ । 

नेविसंघले बिहीबार विज्ञप्ति जारी गरेर एनओसी प्रक्रियामा अनियमितता भएको भन्दै आपत्ति जनाएको हो । 

नेविसंघका प्रवक्ता सुरज सेजुवालद्वारा जारी विज्ञप्तिमा गलत कार्यमा संलग्न कन्सलटेन्सीहरू तत्काल बन्द गर्न र दोषीमाथि कडा कारबाही गर्न माग गरिएको छ ।

नेविसंघले विद्यार्थी र अभिभावक ठगिन थालेको, सरकार र मन्त्रालय मौन बसेको, तथा शिक्षा मन्त्रालयको नियमन कमजोर भएको भन्दै निन्दा गरेको छ । 

नेविसंघले हालै गठन भएका समिति तथा नीति कार्यान्वयनमा पारदर्शिता हुनुपर्ने माग गर्दै सुधार नभए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।506283414_2534144320311720_7058652774644462166_n-1095x1536.jpg

सम्बन्धित समाचार